दफा ६क
प्रशासकको नियुक्ति
(१) नेपाल सरकारले कोषको प्रशासकीय प्रमुखको रूपमा दैनिक कार्य संचालन गर्नको लागि कम्तीमा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी, कोष वा संस्थाको अधिकृत प्रथम श्रेणी वा दशौं तह वा सो सरहको पदमा कार्यरत कुनै एकजना संचयकर्ता कर्मचारीलाई प्रशासकको पदमा नियुक्त गर्नेछ । (२) उपदफा (१) बमोजिम नियुक्त प्रशासकको कार्यावधि पाँच वर्षको हुनेछ र निज नेपाल सरकारको इच्छा अनुसार आफ्नो पदमा बहाल रहनेछ । (३) प्रशासकले पाउने पारिश्रमिक, सुविधा, तथा सेवाका अन्य शर्तहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।